घरको चार तलाबाट खसेर एक किशोरीको ज्यान गयो

पूर्णपुष्टि, पुष १६
घरको चार तलाबाट खसेर एक जना किशोरीको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर ज्यान गएको हो ।
प्रहरीका अनुसार आज बिहान सवा ६ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन् । बुवा हरिनारायणले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो ।
उपचारको क्रममा साढे ६ बजे भक्तपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । मृत किशोरी ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन् ।
किशोरी रातिकै समयमा खसेको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएकोे छ । उनी कसरी खसेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटिएको प्रहरीले बताएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: