
मोरङ, मंसिर २१ गते ।
मोरङको सुन्दरहरैचामा घरको प्लम्बरको काम गर्ने क्रममा घरबाट लडेर एक जना कामदारको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१० को बन्दै गरेको दुई तले घरबाट लडेर श्यामकुमार रिजालको मृत्यु भएको हो ।
घाईते रिजालको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा साँढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउँना साथ तत्काल प्रहरी घटना स्थल पुगी थप घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
