Saturday, May 23News That Matters

घरभाडा मिनाहा गर्न महासङ्घको माग

पूर्णपुष्टि, भदौ २३

लकडाउन र निषेधाज्ञाले मर्कामा परेका व्यवसायीको घरभाडा मिनाहा गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।
महासङ्घले विज्ञप्ति जारी गर्दै करिब छ महिनाको लकडाउन र निषेधाज्ञाबाट उद्योग व्यावसायिक क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेको हो ।

लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको ब्याज पूर्णरुपमा मिनाहा गर्न र कोभिड १९ बाट प्रभावित उद्योगी, व्यापारीलाई बचाउन पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन महासंघले माग गरेको छ ।

एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्नु पर्ने र निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने महासंघले माग छ ।