
उदयपुर, असोज २५ गते ।
उदयपुरमा घाँटी रेटिएको अवस्थामा आमाछोरी मृत भेटिएका छन् । त्रियुगा नगरपालिका ९ राजाबास चौकीबारीकी ३० वर्षिया सारदाकुमारी चौधरी र उनको छोरी ९ वर्षिया रचना चौधरी आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए । घरभित्रको भर्याङ्मुनी आमाछोरीको शब रहेको उनले बताए ।

प्रहरीले गएराती आमाछोरीको हत्या भएको आशंका गरेको छ । घटनाको अनुसन्धानका लागि धरानबाट कुकुरसहितको अपराध अनुसन्धान टोली झिकाएर अनुसन्धान थालिएको एसपी मगरले बताए ।

विहान अबेरसम्म घरमा चालचुल नसुनेपछि छिमेकीले हेर्न जाँदा मृत देखेर प्रहरीलाई खबर गरेको थियो । खबर लगत्तै पुगेको प्रहरीले घटनास्थल सुरक्षा घेरामा राखेको छ ।
मृतकको श्रीमान् सिताराम चौधरी बैदेशिक रोजगारको सिलसिलामा मलेसिया रहेका छन् । उनको जेठी छोरी भावना चौधरी भने मावली गएकी थिइन् ।
घटनास्थलको भिडियो लिंक :
https://youtu.be/8kMWHNII1wg
