Sunday, June 21News That Matters

घाँटी रेटेर एक महिलाको हत्या

पूर्णपुष्टि, जेष्ठ ५

मोरङमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको हो ।

रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा अनिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मान बहादुर राईले बताए । उनकाअनुसार पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको हो ।

घाँटी रेटेर हत्या गरेर शव नहरमा फ्यालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार महिलाको हत्यामा कस्तो खालको हतियार प्रयोग गरिएको एकिन भएको छैन । हत्यामा संलग्नको पनि पहिचान हुन सकिरहेको छैन ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । खड्का नेतृत्वको टोलीले हत्यामा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको छ ।