Sunday, June 21News That Matters

प्रहरीले चलाएको गोली लागरे एक युवक घाइते

पुर्णपुष्टि, जेठ ५ सशस्त्र प्रहरीले चलाएको गोली लागेर नवलपरासी (पश्चिम) का एकजना युवक गम्भिर घाइते भएका छन् । प्रतापपुर गाउँपालिका–६ कठहवाका २२ वर्षीय अविनाश रायलाई सशस्त्र प्रहरीले चलाएको गोलीले लागेर घाईते भएका हुन् । आज बिहान साढे ९ बजे भारतीय सिमातिर जाँदै गरेका तीनजना नेपाली युवालाई क्रममा विवाद ुिुसर्जना भएपछि सशस्त्र प्रहरीले गोली चलाएको स्थानीयहरुको भनाई छ । यो घटनाले त्याहाँका स्थानियहरुमा त्रास बढेको छ । सीमावर्ती नेपाल र भारत दुबैतर्फको अवस्था तनावपुर्ण भएको स्थानीयहरुले बताएका छन् ।