
पूर्णपुष्टि, जेष्ठ ५
तनहुँमा आफ्नै घरमा एक महिला मृत अवस्थमा फेला परेकी छन् । व्यास नगरपालिका–१० परेवाडाँडामा २७ वर्षीया मनुमाया थापा हिजो घरभित्रै मृत फेला परेकी हुन् ।
मृतक महिलाका श्रीमान् रोजगारीका सिलसिलामा भारत हरेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेको छन् ।
एक युवालाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।
