Saturday, May 23News That Matters

घुससहित एक कार्यालय सहयोगी पक्राउ

पुर्णपुष्टि,असोज १५ 

जनकपुरधाममा घुस रकमसहित एक जना कार्यालय सहयोगी पक्राउ परेको छ । जनकपुरधाम उप–महानगरपालिका– १३ कार्यालयका सहयोगी दिलिप पञ्जियार आज घुस रकमसहित पक्राउ परेको हो ।

पञ्जियारले नागरिकताका लागि सिफारिस गराइदिने भन्दै एक जना सेवाग्राहीसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ । उनलाई २४ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जनाईएको छ ।

पक्राउ परेका पञ्जियारमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।