Saturday, May 16News That Matters

घुस दिन खोजेको अभियोगमा जलस्रोतका कर्मचारी पक्राउ

पूर्णपुष्टि, जेठ ८ गते । 

१ न. प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस दिन खोजेको अभियोगमा जलस्रोतका हाकिम पक्राउ परेको छ ।

मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रुपैयाँ घुस दिन खोजेको अभियोग जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

डिभिजन प्रमुख झाले १० हजार रुपैयाँ रकम खाममा राखेर आफ्नो कार्यकक्षको टेबलको घर्रामा राखिदिएको र त्यसबारे सोध्दा झाले केही नभनेको पौडेलले भनेका छन् । १० हजार रुपैया खाममा राखेर पौडेलको टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको झाले स्विकारेका छन् ।

घटनापछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराइपाऊँ भनी निवेदन दिएको थियो ।

घटनाको सामान्य जानकारीपछि १ न. प्रदेशका मुख्यमन्त्री शेरधन राईले घटनामा सङ्लग्नलाई आयोगमा बुझाउन निर्देशन दिनुभएको थियो ।

झालाई आयोगको इटहरी स्थित कार्यालयले पक्राउ गरेको जनाईएको छ ।