
पूर्णपुष्टि, माघ २७ । धनगढीमा एक नाबालिग किशोरीमाथि जबरजस्ती करणी भएको छ । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि स्थानीय १८ वर्षीय युवकले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार विद्यालयबाट फर्किने क्रममा आरोपित युवकले चक्कु देखाउँदै किशोरीलाई ज्यान मार्ने धम्की दिएर आफ्नो घरमा लगी बलात्कार गरेका हुन् । कक्षा ७ मा अध्ययनरत ती किशोरीले शनिबार मात्र प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । घटनापछि फरार रहेका आरोपित युवकको खोजी कार्य जारी रहेको डीएसपी बोहराले बताए । पीडित किशोरी बाजुराबाट अध्ययनका लागि धनगढीमा बस्दै आएकी थिइन् ।