Wednesday, May 20News That Matters

चट्याङमा परी एक महिलाको मृत्यु

पुर्णपुष्टि, बैशाख–९ 

मोरङ कानेपोखरी–२ दलेलीमा बस्ने ४३ बर्षीया सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ ।

आज बिहान साढँे ८ बजे पानी परिरहेको बेला गाईगोरु सार्ने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिईन् । घाईते राजवंशीको उपचारको लागी उर्लाबारी स्थित मदनभण्डारी अस्पतालमा पु¥याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।