
झापा, बैशाख ९
झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–९ चन्द्रगढी सामुदायिक बन कार्यालय अगाडी सडक खण्डमा ट्रकको ठक्करबाट सिटी सफारी यात्रीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट स्थानीय ७५ बर्षीया गायत्री देवी प्याकुरेल मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान साढे ९ बजे भद्रपुरबाट चारआलि तर्फ जादै गरेको मे१क २६७ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक, सिटी, सिटी चालक नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
