
ईलाम, बैशाख ९
ईलामको एक चिया उद्योगमा आगलागी हुदा १० लाख बराबरको क्षती भएको छ ।
सुर्योदय नगरपालिका–९ गैरिगाउमा रहेको ग्रामिण चिया उद्योग प्रा.लि.मा आज बिहान साढे ५ बजे आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलि नष्ट हुँदा १० लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।
फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानियको सहयोमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगोलागीबाट मानबिय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
