
पूर्णपुष्टि,चैत २७
बिहीबार बेलुका बर्षा संगै परेको चट्याङबाट छुट्टा छुट्टै स्थानका तीन जना घाईते भएका छन् । संखुवासभा मकालु–५ नुम बजार २३ वर्षीय लिला बहादुर दर्जी आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएका थिए । उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भईरहेको जनाएको छ ।
त्यसैगरी सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ वर्षीया सलिना खातुन आफ्नै घरमा बसी रहेको अवस्थामा चट्याङमा परी घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवा उपचार भईरहेको छ ।
त्यस्तै ओखलढुंगा सिद्धिचरण–६ बस्ने १५ वर्षीया रश्मिता मगर घर भित्र रहेको अवस्थामा चट्याङमा परी घाईते भई मिशन अस्पताल ओखलढुंगामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
