Wednesday, June 24News That Matters

चट्याङ लागेर १ जनाको मृत्यु

ओखलढुङगा, चैत्र १८

ओखलढुङगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । खिजिदेम्बा–६ भित्ते निबासी ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको हो ।

मंगलबार बेलुका करिब साढे ७  आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।