
सुनसरी, चैत्र १८
सुनसरी भोक्रहामा सिटिले साईकललाई ठक्कर दिदा साईकलयात्रीको मृत्यु भएको छ । भोक्रहा नरसिंह–४ मिलनचोकमा बस्ने ५५ बर्षीय बेचन उराउको सिटिको ठक्करबाट मृत्यु भएको हो ।
सोमबार बेलुका साढे ७ बजे मिलनचोकको भित्रि सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले बिपरित दिसाबाट आईरहेको साईकललाई ठक्कर दिदा उराउ गम्भिर घाइते भएको थियो । उनको म्याक्स हस्पिटल बिराटनगरमा उपचारको क्रममा मंगलबार दिउँसो सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने सिटि र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
