
संखुवासभा चैत्र ३० गते ।
पानीसँगै परेको चट्याङ लागेर संखुवासभा पाँचखपन–२ निबासी ५२ बर्षीया डम्बरकुमारी राईको मृत्यु भएको छ । घरको आँगनमा बसीरहेकी राईलाई शनिबार राती पौने ८ बजे परेको चट्याङ लागेर मृत्यु भएको हो ।
पानीसँगै परेको चट्याङ लागेर राईको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
