Tuesday, January 13News That Matters

चलचित्र ‘बिहे पास’को ट्रेलस सार्वजनिक (भिडियो सहित)

पूर्णपुष्टि,चैत्र १० । आगामी बैशाख १ गते प्रदर्शनमा आउँन लागेको नेपाली कथानक चलचित्र बिहे पासको ट्रेलर आज सार्वजिनक भएको छ । उक्त चलचित्रमा दयाहाङ राई र प्रकृटि श्रेष्ठको अभिनय रहेको छ । शुक्रबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रकृति श्रेष्ठ सरकारी जागिरे र दयाहाङ राई सरकारी जागिरको खोजीमा रहेको देख्न सकिन्छ।

प्रवेश पौडेलले निर्देशन गरेको फिल्ममा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ । रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन् । शिव ढकालले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् ।

यो फिल्म वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ। यही मितिमा दयाहाङ राई र मिरुना मगरको फिल्म ‘जारी’ प्रदर्शन हुनेछ। दुवै फिल्मको ट्रेलर पनि एकै दिन सार्वजनिक गरिएको छ।