
भदौ २९ गते ।
आफुले अभियन गरेको चलचित्र असफल भएपछि नायक नायिकाहरु खासै चलचित्रमा अभिनय गर्न रुचाउँदैनन् । त्यसै क्रममा सातवटा चलचित्रमा असफल भएकी नायिका मलिना जोशीले पनि तत्काल कुनै पनि चलचित्रमा नखेल्ने भएकी छिन् ।
नायिका जोशीले ‘मिस नेपाल २०११’ कि विजेता भएपछि चलचित्र क्षेत्रमा पाइला टेकेकी थिईन् । मलिनाले ‘कलिउड’ चलचित्रमा आइटम नृत्य गरेर चालचित्र क्षेत्रमा प्रवेश गरेकी थिईन् । उनले अभिनय गरेको चलचित्र ‘ऋतु, झुम्की, दि विनर, रानी, संरक्षण, लिला, तिमी हुन्छौ जहाँ जहाँ’ निरन्तर असफल भएको थियो ।
आफुले अभिनय गरेको चलचित्र गरेको चलचित्र नरिन्तर असफल भएपछि तत्काल नयाँ चलचित्रमा काम गर्ने सोन बनाएको देखिदैन । नायिका जोशीले अहिले घुमघामका तस्वीरमा पोष्ट गरेकी छिन् ।
