चाँडपर्व नजिकिए सँगै यातायात कार्यालय उदयपुरले सवारीमा अनुगमन सुरु गर्यो, ३० सवारी कार्वाहीमा

पूर्णपुष्टि, असोज ८
नजिँकिएको दशैँलाई मध्यनजर गर्दै यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले सवारीमा कडाई तथा अनुगमन सुरु गरेको छ । सवारीमा हुने बिभिन्न लापर्वाहीलाई नियन्त्रण गर्ने र सुरक्षित यात्रामा सवारी चालक तथा यात्रुहरुलाई सहभागी गराउने भन्दै कार्यालयले अनुगमन सुरु गरेको हो । ।
चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी कार्यालयले जिल्ला ट्राफिक प्रहरी संगको समन्वयमा शुक्रबारदेखि सार्वजनिक तथा निजि सवारी साधनको जाँच र अनुगमन शुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख शुभाष कार्कीले बताए ।
चाडपर्वमा सवारीको गतिविध बढ्ने र धेरै यात्रुहरुको आवत जावतका कारण सुरक्षित नहुने हो भने सडक दुर्घटनाले दुख निम्तयाउने भन्दै यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गरी सवारी जाँच तथा अनुगमन शुरु गरेको प्रमुख कार्कीले बताए । गाईघाटमा शुक्रबार पहिलो दिन जलजलेमा गअनुगमन गरिएको छ । अनुगमनको क्रममा सार्वजानिक सवारी साधनको बिल बुक नविकरण, जाचँपास, रुट पर्मिट, सवारी चालक अनुमती पत्र लगायतको अनुगमन गरिएको छ भने साना र निजि सवारी साधनहरुको बुल्बुक ननिवकरण र सवारी चालक अनुमती पत्र लगायत चेक जाचँ गरिएको कार्कीले बताए ।
कार्कीका अनुसार अनुगमनका क्रममा बिल बुक र सवारी चालक अनुमती पत्र नविकरण नगर्ने, सवारी चालक अनुमतीपत्र विनानै सवारी साधन संचालन गर्ने, जाचँपास, रुटपर्मिट नविकरण नगर्नेे, हेल्मेट प्रयोग नगरी तथा हेलमेट प्रयोग गर्दा क्लिप नबाधी सवारी साधन संचालन गर्ने, तथा सवारी साधनमा प्रस्ट नम्बर नलेखेको करिब एक सय भन्दा बढी सवारी साधन अनुगमन गर्दा ३० वटा भन्दा बढी सवारी साधनलाई कार्वाही गरिएको समेत बताए ।
अनुगमनमा चाडपर्वमा एउटै सवारी साधन सघनरुपमा प्रयोग हुने तर उचित मर्मतसम्भारमा ध्यान नदिँदा दुर्घटना हुने देखिएकाले सार्वजनिक सवारी साधनका धनी, चालक एवं यातायात व्यवसायीलाई आफू मातहतका साधन निरन्तर जाँच र मर्मतका लागि निर्देशन समेत दिर्ईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: