
पूर्णपुष्टि/उदयपुर, कार्तिक ८ ।
चाँडवाँड विशेष सुरक्षाका लागि उदयपुरमा नेपाली सेनासहितको सुरक्षाटोली खटिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे सयुक्त सुरक्षा गस्तीले चाँडबाँडमा शान्ति सुरक्षा कायम गर्न खटिएको जनाइएको छ ।
पशुपती प्रसाद गण बोक्सेका गणपति मनोज कार्कीका अनुसार १८ नं. वाहिनी माताहत क्षेत्रमा चोरी, डकैती तथा अन्य अवान्छित गतिविधि नहोस् भन्ने उद्देश्यले संयुक्त गस्ती टोली खटाइएको हो । दिवा तथा रात्रीकालिन रुपमा संयुक्त गस्ती टोलीले सुरक्षा दिदै आएको छ । बजार क्षेत्र, बैंक तथा वित्तिय कार्यालय, सरकारी कार्यालय तथा सुरक्षा आवश्यकता परेको ठाउँहरुमा गस्ती दिदै आएको जनाइएको छ ।
दशैं, तिहार सकिसकेको छ । यी दुवै पर्व सौहाद्रपूर्वक सम्पन्न भएका छन् । दशैं, तिहारमा कतै पनि अप्रिय घटना भएन । अव छठ पर्व विशेषरुपले तयारी छ । गस्तीटोलीले नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाएको छ ।
