
पूर्णपुष्टि, साउन १४
चाइना फाउन्डेसनको सहयोगमा उदयपुरको त्रियुगा नगरपालिकाका दुई विद्यालयका ३३७ विद्यार्थीलाई आज छुट्टाछुट्टै कार्यक्रमका बिच ब्याग,स्टेशनरी सामाग्री र हाइजेनिक सामाग्री बितरण गरेको छ ।
नेपाल चीन कार्यकारी परिषद्को पहल र अनुरोधमा चाइना फउण्डेसनले त्रियुगा नगरपालिका–१३ को जन प्रेमी आधारभुत विद्यालयका पुरुष ७९ र महिला १०२ गरि जम्मा १८१ बिद्यार्थी तथा वडा न.६ को चुरिया आधारभुत विद्यालयका पुरुष ७७र महिला ७९ गरि जम्मा १५६ गरि दुबै विद्यालयका ३३७ विद्यार्थीलाई उक्त सामाग्री बितरण गरिएको हो ।
बितरणको क्रममा जनप्रेमी आधार भुत विद्यालयमा प्र.अ.शैलेन्द्र खतिवडाको सभापतित्वमा गरियको कार्यक्रमको प्रमुख अतिथी चाइना फौण्डेसनका फिल्ड कोअर्डिनेटर सुशील प्याकुरेल हुनुहुन्थ्यो भने बिशेश अतिथिमा वडा अध्यक्ष पशुपती चौधरी र अतिथिहरुमा नेपाल घरेलु तथा साना उधोग महासंघ उदयपुरका अध्यक्ष तथा नेपाल चीन कार्यकारी परिषदका प्रतिनिधि मधुकर थापा ,नेपाल चीन मैत्री बिकाश मंचका अध्यक्ष बिरेन्द्र बस्नेत र वडा सदस्य मान ब.मगर हुनुहुन्थ्यो । उक्त कार्यक्रममा अतिथिहरुले नेपाल र चिनको सम्बन्धलाई अझ बलियो बनाउन यस्ता खाले अन्य सहयोग ल्याउन पहल गरिनु पर्ने र चिनको बिकाशबाट नेपालले सिक्नु पर्ने बतायका थिय । उक्त कार्यक्रमको स्वागत मंन्तब्य शोभा पराजुलिले गर्नु भएको थियो ।
त्यसैगरि आजै त्रियुगा नगरपालिका–६ को चुरिया आधारभुत विद्यालयमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उद्दब राउतको अध्यक्षतामा भयको उक्त कार्यक्रमका प्रमुख अतिथी चाइना फौण्डेशनका सुरेश प्याकुरेल ,विशेष अतिथी नगर सदस्य कृष्ण बुढाथोकी र अत्तिथिमा नेपाल घरेलु तथा साना उधोग महासंघका अध्यक्ष तथा नेपाल चीन कार्यकारी परिषदका प्रतिनिधि मधुकर थापा हुनु हुन्थ्यो । चाइना फौण्डेशनले उपलब्ध गरायको सहयोगको प्रशंसा गर्दै अझ सहयोगको लागि पहल गरिनु पर्ने बक्ताहरुले बताएका थिए । उक्त कार्यक्रमको स्वागत मन्तब्य रंग थापाले गर्नु भएको थियो ।
दुबै विद्यालयले चाइना फौण्डेशनलाइ मांयाको चिनो प्रदान गरेका थिए ।

