
पूर्णपुष्टि,वैशाख ८
गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका एक युवकको शव भेटिएको छ । डोटीको सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव मंगलबार भेटिएको हो ।
बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका–४ रातमाटी नजिकको सेती नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको थियो ।

