उदयपुरबाट पक्राउ पर्यो चिठ्ठा परेको भन्दै ६ लाख ठग्ने युवा, इमो, भाईबरहरुमा चिठ्ठाको भ्रम नपर्न प्रहरीको आग्रह

पूर्णपुष्टि, असोज ९
ठगी कार्यमा संलग्न सिराहा स्थायी घर भएका एक युवालाई जिल्ला प्रहरी कर्यालय उदयपुरले पक्राउ गरेको छ । उनलाई सामाजिक संञ्जालहरु इमो, भाईबर तथा ह्वाटएपको माध्यमबाट सोझो साझा सर्वसाधरणहरुलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
पक्राउ पर्ने युवा सिरहा नगरपालिका वडा नम्बर ८ का २९ वर्षीय स्थानीय सरोजकुमार दास हुन् । उनले सामाजिक संञ्जालमा चिठ्ठा परेको र त्यस बापतको कर रकम तिर्नु पर्ने भैन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएको प्रहरीले खुलाएको छ ।
उनले सामाजिक सञ्जाल दु रु प यो ग गरी ६ लाख, १ हजार ४९ रुपैया ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
दासलाई ठगीको आरोपमा पर्सामा उजुरी परेपछि उदयपुरमा लुकिछिपि बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सुवेदीले बताए ।
यस्तो घटनामा कुनै पनि भ्रमित नहुन उदयपर प्रहरीले अनुरोध गरेको छ । उदयपुर प्रहरील अज्ञात नम्बरबाट आएको फोन तथा इमो, भाईबर, ह्वाट्सएप, फेसबुक म्यासेन्जरलगायतबाट आएको यस्ता सन्देशहरुबाट भ्रमित नहुन आग्रह गरेको छ । त्यस्तै यस्ता सूचनाहरु कुनै संकास्पद नौलो नम्बरबाट आएका आस्वासनहरुबारे तत्काल प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ ।
पक्राउ परेको सरोज लाई शुक्रबार नै पर्सा प्रहरीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: