Saturday, May 2News That Matters

चितवन राष्ट्रिय निकुञ्जमा एक बर्षको अवधिमा ११७ वन्यजन्तुको मृत्यु

पूर्णपुष्टि, साउन ७ । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा ११७ वटा वन्यजन्तुको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७९÷२०८० मा मृत्यु भएको ११७ वटा वन्यजन्तुहरु मध्ये सबैभन्दा बढी ५५ वटा चित्तल रहेको निकुञ्जले जानकारी दिएको छ । ५५ वटा चित्तलमध्ये २८ वटाको प्राकिृतिक र २५ वटाको कुकुरको आक्रमणबाट मृत्यु भएको थियो ।

निकुञ्जका अनुसार दोस्रो बढी मृत्यु हुनेमा गैंडा रहेको छ । यसअवधिमा २२ वटा गैंडाको मृत्यु भएको छ । २२ वटा मध्ये १७ वटा गैँडाको प्राकृतिक मृत्यु हुँदा २ वटा विद्युतीय करेन्टबाट तथा जुधेर, चोरी सिकारी र बाढीले बगाएर १–१ वटाको मृत्यु भएको थियो ।

यसैगरी ३ वटा अर्ना, १ वटा चितुवा, २ वटा हात्ती, ३ वटा बाघ, ३ वटा गौरीगाई, ७ वटा जरायो, २ वटा बँदेल, २ वटा कछुवा, १ वटा लगुना, १ वटा धनेश, ९ वटा घडियाल गोही, २ वटा मगर गोही, २ वटा रतुवा, १ वटा दुम्सी र १ वटा स्यालको मृत्यु भएको छ ।