Saturday, June 20News That Matters

चित्रे टावरको सामान लिएर लिम्चुङबुङ जाँदै गरेको ट्याक्टर बाट लडेर सह–चालकको मृत्य

पूर्णपुष्टि, असार ७

उदयपुरमा ट्याक्टर बाट लडेर सहचालकको मृत्यु भएको छ । सोमवार १ बजेको समयमा रौतामाई गाउँपालिका १ टाट्ने स्थित भित्रि सडक खण्डमा गाईघाट बाट लिम्चुङबुङ जाँदै गरेको स १ त ६८५८ नम्वरको ट्याक्टर बाट अचानक लडेर सहचालको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुर रौतामाई गाउँपालिका ७ बस्ने अन्दाजी वर्ष ३२ का तुल बहादुर केप्छाकी मगर रहेको जिल्ला प्रहहरी कार्यालय उदयपुरले जनाएको छ ।

ट्याक्टरबाट अचानक लडेर गम्भिर घाईते भएको मगरको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना भएको खबर प्राप्त भए लगत्तै ईलाका प्रहरी कार्यालय रौतामाई भुटारले उद्धार गरी हस्पिटल पठाइएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर र चालक उदयपुर रौतामाई गाउँपालिका ७ बस्ने बर्ष २५ को चेतु दमाईलाई जिल्ला जिप्रका उदयपुरले नियन्त्रणमा लिई थपअनुसन्धान गरिरहेको छ ।