
पूर्णपुष्टि, चैत १८
एक चिनियाँ नागरिकलाई एटीम ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ठमेलको ज्याठाबाट महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई पक्राउ गरेको हो ।
उनले ज्याठास्थित मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट मोबाइल ४ थान, बिभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, विभिन्न बैंकको १० थान एटीएम कार्ड, चाइनिज युआन दुई हजार तीन सय ८२ , अमेरिकी डलर ६५ र नेपाली दुई हजार एक सय १० रुपैयाँ बरामद गरेको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
