Tuesday, June 23News That Matters

लहान मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा २ पक्राउ

पूर्णपुष्टि, चैत १८

सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोमा दुई जना पक्राउ परेको छ । सिराहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षका रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षका अभिमन्यू गिरी पक्राउ परेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।

पक्राउ परेका दुवै जना यसअघि पनि आपराधिक काममा संलग्न भएको पाइएको प्रहरीले बताएको छ ।