
पूर्णपुष्टि, चैत १८
नेकपा एमालेका नेपाल–खनाल समूहले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएको छ ।
मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेकपाको खनाल– नेपाल समूहका १६ जना सांसदले सामूहिक रुपमा नाम फिर्ता लिएका हुन् ।
प्रदेश १ का प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका भीम आचार्यसहित १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको जनाएको छ ।
मुख्यमन्त्री राईविरुद्ध तत्कालिन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
