
उदयपुर, असोज ११
उदयपुरको बेलकामा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका–२ गिदेरी टोल निबासी १८ बर्षीय प्रेम कार्कीको लडेर मृत्यु भएको हो ।
आज दिउसो साढे १२ बजे सोहि स्थानमा रहेको सामुदायिक बनबाट घर बनाउनका लागी काठको बलो काँधमा बोकेर फर्कने क्रममा एक्कासी चिप्लिएर लड्दा बलोले टाँउको किच्दा कार्कीको घटनास्थालमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

