
सुनसरी, असोज ११
सुनसरीमा लागुऔषसहित दुई जना पक्राउ परेका छन् । भोक्राहा नरसिंह–४ चिरौली नहर एरियाबाट स्थानीय २० वर्षीय जमाल अंसारी र २२ वर्षीय प्रविणकुमार उराव लागुऔषसहित दुई जना पक्राउ परेका हुन् ।
विशेष सुचनाको आधारमा शनिबार दिउँसो ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा डाईलेक्स–डिसी एक सय सात बोतल, स्पास्मो–प्रोक्सीभोन प्लस छ सय ९६ क्याप्सुल र नीट्रा भेट तीन हजार ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका दुवै जना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

