आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

चिसो झन्झन् बढ्दै गएको महशुस (फोटो फिचर र भिडियोसहित)

पूर्णपुष्टि/उदयपुर, पुस २२ गते ।

बुधबारदेखि उदयपुरमा एक्कासी बढेको चिसो अझ बढ्दै गएको महशुस गरिदैछ । शनिबार एक झलकसम्म घाम झुल्केन । हुस्सुसहितको बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

अत्याधिक चिसोका कारण दैनिक गतिविधि प्रभावित भएको छ । बजारमा मानिसको चलहपहल करिब सून्य बनेको छ । चिसोकै कारण हात कठ्यांग्रीएर सवारी साधनहरु पनि चलेका छैनन् । केही चलेका सिटिरिक्सा चालकहरु यात्रु नपाएर आगो तापेर बसेका छन् ।

घर लगायतका विकास निर्माणका मजदुरहरुले काम छाडेर बसेका छन् । पानी, फलाम, ढुंगा, माटो लगायतका सामान चिसोका कारण छुन नसक्ने अवस्था भएपछि काम प्रभावित बनेको मजदुरहरु बताउछन् ।

बजार र पसलहरु प्रायः बन्द छन्, खुल्ला भएका पनि सानसुनको अवस्थामा छन् । गाईघाट बजारमा हरेक पसल, चौक र गल्लीमा आगो बालेर बस्नेको समुह अनगिन्ति छन् । भएभरका भ्mयास, पत्कर, कार्टुन बालेर न्यानो लिएका सर्बसाधारणलाई दाउराको अभाव खड्किएको छ । दुईदिनअघि वन कार्यालयले सामान्य दाउरा वितरण गरेपनि त्यसपछि नगरेको उनीहरुको गुनासो छ ।

विशेषगरी बालबालिका र बृद्धबृद्धाहरु चिसोबाट प्रभावित भएका छन् । बाहिर निस्केकाहरु बाक्लो लुगा र बर्को, कम्मल ओढेर निस्कने गरेका छन् । निम्नबर्गका बालबालिका र बृद्धबृद्धालाई जाडोबाट बच्न मुस्किल भएको छ ।

स्थानीयका अनुसार बुधबारदेखिको उदयपुरको चिसो दिनदिनै अझ बढेको महशुस गरिदैछ । यो बर्षमा पहिलोपटक अत्याधिक चिसोको महशुस गरिएको हो । चिसो सुरु बढेसंगै राती अत्याधिक हुस्सु लाग्ने गरेको छ । हुस्सुका कारण बालीसमेत प्रभावित बनेका छन् ।

बजारमा आगो ताप्नेको अनगिन्ति समुह रहेकाले बन कार्यालयलाई दाउरा वितरण गर्न लगाइने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0