पूर्णपुष्टि/उदयपुर, बैसाख २४ गते
–उदयपुरका अग्रजका साथै पत्रकार महासंघ शाखा उदयपुरको संस्थापक अध्यक्ष कौशल चेम्जोङले बरिष्ठ पत्रकारको सम्मान पाएका छन् ।
प्रेस स्वतन्त्रता सेनानीको उपाधीले समेत सम्मानीत भईसकेका पत्रकार चेम्जोङलाई आज एक विशेष समारोहकाबीच सिंहदरबार स्थित सञ्चार मञ्त्रालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ पत्रकारको सम्मान प्रदान गर्नुभएको हो ।
पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्षसमेत रहेका चेम्जोङको नेपाली पत्रकारिताप्रतिको योगदान र लगावको उच्च कदर गर्दै राज्यले दुुई लाख नगद पुरस्कारसहित सो सम्मान गरेको हो । उहाँसंगै बरिष्ठ पत्रकारबाट सम्मानीत हुनेहरुमा बबिता बस्नेत र नीमबहादुर बुढाथोकी छन् ।
चेम्जोङ लगायत तीनजना बरिष्ठ पत्रकारबाट सम्मानीत हुदैगर्दा यसवर्षको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट डा. महेन्द्र विष्ट र डा. राजेश अहिराज पुरस्कृत भएका छन् । उहाँहरु तीनलाख पुरस्कारसहित सम्मानीत भएका हुन् ।