
उदयपुर/साउन, ३०
बरिष्ठ पत्रकार उदयपुरका कौशल चेम्जोङ सहित १० जना अग्रज पत्रकारहरु उदयपुरमा सम्मानित भएको छ । सम्मान हुनेहरुमा उदयपुरका बरिष्ठ पत्रकार चेम्जोङ सँगै , उदयपुरकै महेश्वर चाम्लिङ, धरानका हर्ष सुब्बा, गोपाल देवान, धनकुटाको संजयसन्तोषी राई, विजय सन्तोषी राई, हिमा चेम्जोङ इटहरीका यम प्रधान, इलामको सटेन्द्र जबेगु र झापाको रमेश शमदर्शी राई, रहेका छन् ।
१ नं प्रदेशको आदिवासि जनाजाति पत्रकार महांसंघको प्रथम ऐतिहासिक महाधिवेशनको अवसरमा गाईघाट स्थित राजावासमा उनिहरुलाई प्रदेश नं १ का मुख्यमन्त्रि शेरधन राईले नगद रु ५ हजार सहित कदर पत्रले सम्मान गरेको छ
आदिवासी जनजाति पत्रकार महासंघ फोनिज उदयपुरको आयोजनामा भईरहेको सो अधिवेशनको उद्घाटन कार्यक्रममा सम्मान गरिएको हो । विगत लामो समय सम्म व्यवसायीक पत्रकारितामा कलम चलाएर संञ्चार क्षेत्रमा ठुलो योगदान पुराएको भन्दै उनिहरुलाई सम्मान गरिएको हो ।


