Tuesday, May 5News That Matters

संविधान कार्यन्वयनमा जुटिरहेको : मुख्यमन्त्रि राई

उदयपुर, साउन ३० गते ।

नेपालमा लागु भएको संघिय शासन प्रणालीको संविधान कार्यन्वयनमा जुटिरहेका प्रदेश न. १ का मुख्यमन्त्रि शेरधन राईले बताएका छन् ।

नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) को १ न. प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रि राईले संविधान कार्यन्वयनमा सवै जुटिरहेको बताएका हुन् ।

परिर्वतनका लागि नेपालमा भएको ठुला साना संघर्षहरुमा पत्रकारीता, संचारमाध्यमहरुको उल्लेख्य भुमिका रहेकाले संघिय प्रणाली शासन व्यावस्थाका संविधानलाई कार्यन्वयन गर्नका लागि उल्लेख्य भूमिका खेलिदिन मुख्यमन्त्रि राईले आग्रह गरेका छन् । राज्यले पत्रकारीता क्षेत्रलाई उच्च स्थान दिएकाले वाच डगको भूमिका निर्वाह गर्दै निष्पक्ष रुपमा कलम चलाउन मुख्यमन्त्रि राईले अनुरोध गरेका छन् ।

समयले धेरै फड्को मारिसके पनि मानिसको सोचमा परिर्वतन आउन नसकेकाले सोच परिवर्तन गर्न जरुरी छ । सोच नै परिवर्तन भएन भने लक्ष्य र उद्देश्य भेटाउन नसकिने मुख्यमन्त्रि राईले बताए । तीन तहका सरकार समान भएकाले एक आपसमा समन्वयन र सहकार्य गरी एक ढिका भएर अगाडी बढ्नु पेर्ने मुख्यमन्त्रि राईले बताए ।

संविधान जारी गर्दा धेरै आलोचानहरु भएको थियो । मुलुक विखण्डन गर्न खोज्ने कुनै पार्टीलाई समेत संविधानको दायरा भित्र ल्याईसेको मुख्य मन्त्रि राईले बताए । अहिले संविधान विपरित कार्य गरिरहेका विप्लप समूह पनि निकट भविष्यमा संविधानको दायरामा आउने राईले बताए ।

पुरानो अभ्यास र अनुभव नभएकाले तिव्र रुपमा दौडन नसकी आवश्यक नीति निर्माण गर्न नसकेको मुख्यमन्त्रि राईले बताए । दक्ष जनशक्ति विदेश पलायन र लोकसेवाले स्थानिय तहमा खोलेको विज्ञापनको समावेशीताको आलोचाना गरेका थिए । आफु मिडिया मैत्री भएकाले पत्रकारीता क्षेत्रका मर्म विपरित कुनै काम नहुने र नीति निर्माण गर्दा पत्रकारहरु समन्वयन गरेर मात्रै तयार गर्ने मुख्य मन्त्रि राईले बताए । पत्रकार, संचार मिडियाकर्मीहरुले निष्पक्ष रुपमा सम्बेदनशिल कुरालाई ध्यानमा राखेर काम गर्न सुझाएको थियो ।

नयाँ संविधान कार्यन्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै राम्रो नराम्रो कामको आलोचनात्मक रुपले खवरदारी गर्न आग्रह गर्दै नयाँ अधिवेशन सफलताको शुभकामना तथा नव पदाधिकारीलाई अग्रीम बधाई मुख्यमन्त्रि राईले दिएका छन् ।

संविधानमा लेखिएका समावेशीताको कुरा जनताले कमै महसुश गर्न थालेको र कानुन मिचिएको पालिका प्रमुखहरुले बताएका छन् । अहिले सम्म ३ वटा प्रदेशमा भएको फोनिजको अधिवेश सहमतिबाट नै पदाधिकारी चनय भई एकताको सन्देश दिएकाले १ न. प्रदेशबाट पनि कुनै चुनावी माहोलमा नगई सहमतिबाट नै हुने अपेक्ष लिएका एकताको सन्देश दिन नेपाल आदिबासी जनजाती महासंघ (फोनिज)को अध्यक्ष दण्ड गुरुङले आग्रह गरेका छन् ।

संघिय सरकारले मात्रै नभई लोककल्याणकारी विज्ञापन झै प्रदेशले पनि सवै मिडियालाई समानुपातीक रुपले विज्ञापन उपलब्ध गराएर सहयो गर्नु पर्ने नेपाल पत्रकार महासंघ १ न. प्रदेशका अध्यक्ष विक्रम लुईटेलले बताए । पत्रकारीता क्षेत्रमा विभिन्न खालको चुनौतीहरु आउन थालेकाले सवै सचेत रहनु पर्ने उनले बताए ।

कार्यक्रममा बरिष्ठ पत्रकार उदयपुरका कौशल चेम्जोङ र अग्रज पत्रकार महेश्वर चाम्लिङ सहित १० जना पत्रकारहरुलाई फोनिजले सम्मान गरेको थियो । मुख्यमन्त्रि राईद्धारा खादा र कदर पत्र प्रदन गरी सम्मान गरिएको थियो ।

नेपाल आदिबासी जनजाती महासंघ (फोनिज) १ न प्रशेका ईन्जार्च दिपने राईकोे सभापतित्वमा प्रमुअ अतिथि १ नं प्रदेशका मुख्यमन्त्रि शेरधन राई, विशेष अतिथिहरु १ न. प्रदेश संसाद नारायण बुजा मगर, विमल कार्की, सन्जा दनुवार, सुनिता चौधरी र अम्बिका थापा, अतिथिहरु जिल्ला समन्वयन समिति उदयपुरको प्रमुख खड्गबहादुर परियार, चौदण्डिगढी नगरपालिका मेयर खगेन्द्र राई, लिम्चुङ्बुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, जिल्ला प्रशासन उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, आदिबासी जनजाती महासंघ (फोनिज) का अध्यक्ष दण्ड गुरुङ्ग,ा नेपाल पत्रकार महासंघ १ न. प्रदेश अध्यक्ष विक्रम लुईटेल, न्यनतम निर्धारित समितिको अध्यक्ष गंगा तुलाधर, बरिष्ठ पत्रकार कौशल चेम्जोङ गायतका अथितिको आतिथ्यतामा कार्यक्रम भएको थियो ।