
उदयपुर, साउन ३० गते
उदयपुरका वकिल समुहले १ नं. प्रदेश मुख्यमन्त्री शेरधन राईलाई भेटगरी उदयपुरमा उच्च अदालत मागको विषय स्मरण गराएका छन् ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशको प्रथम महाधिवेशन स्थलमा वकिल समुहले मुख्यमन्त्री राईसंग भेटगरी स्मरण गराएका हुन् । नेपाल बार एशोसिएसन उदयपुर इकाईको अगुवाईमा रहेका वकिल समुहले मुख्यमन्त्रीसंग छोटो समय लिदै उदयपुरमा उच्च अदालतको आवश्यकता दोहोर्याएका थिए ।

मुख्यमन्त्री राईले यहाँको आवश्यकता र उच्च अदालत टाढा हँदाको समस्याबारे आफु पहिले नै जानकार भईसकेको र उदयपुरबासीकै भावना अनुरुप आप्mनो तहबाट उदयपुरमै उच्च अदालत हुनेगरी संघीय सरकारलाई लेखि पठाएको जानकारी दिए । मुख्यमन्त्रीको कुराले वकिलहरु मात्र नभई सिंगो उदयपुर जिल्लाबासी उत्साहित र आशाबादी बनेको नेपाल बार एशोसिएसन, उदयपुरले जनएको छ ।
