Friday, June 26News That Matters

चैत ५ गते भित्र कक्षा ९ सम्मको परीक्षा सक्न निर्देशन

पूर्णपुष्टि, फागुन २० गते । 

आगामी चैत ५ गते भित्र कक्षा १ देखि ९ सम्मको बार्षीक परिक्षा लिई सक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकाले देशभरका सवै विद्यालयहरुलाई चैत ५ गते भित्र परीक्षा लिन सक्न मन्त्रालयले निर्देशन दिएको हो ।

विश्वभर भाईरको प्रकोप तिब्र रुपले पैmलिरहेको बेला मन्त्रालयले सामूहिक भेला, सेमिनार, गोष्ठी लगायत कार्यक्रम नगर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिएको थियो । तर आगामी चैत ६ देखि १५ गतेसम्म संचालन हुने विद्यालय शिक्षा परीक्षा एसईई को कार्यतालिका परिमार्जन नहुने मन्त्रायलले जनाएको छ ।