
पूर्णपुष्टि, साउन २५
सोलुखुम्बुमा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशंका गरिएको छ । सोलु दूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेकै कारण सोलु खोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
दूधकुण्ड पोखरीकै आकारमा रहेको पोखरी फुटेकै कारण सोलुखोलामा शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिएको थियो ।
दूधकुण्ड क्षेत्रमा रहेका स्थानीयहरुले चोकर्मा फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको हुनसक्ने अनुमान गरेको छ । पोखरी पूर्णरुपमा फुट्ने खतरा उच्च रहेको जनाईएको छ ।
