
पूर्णपुष्टि, साउन २५
पाकिस्तान विरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्डले जित हात पारेको छ । गतराती म्यानचेस्टरमा भएको खेलमा घरेलु टिम इंग्ल्याण्डले पाकिस्तानलाई ३ विकेटले पछि पार्दै जित हात पारेको हो ।
पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्याण्डले ७ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि दोस्रो इनिङमा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्याण्डले २ सय ७७ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले पहिलो इनिङमा अलआउट हुँदै ३ सय २६ रन बनाएको थियो ।
पहिलो टेस्ट जितेसँगै तीन खेलको सिरिजमा इंग्ल्याण्डले १ शून्यको अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टेस्ट आउँदो बिहीबार साउथह्याम्पटनमा सुरु हुनेछ ।
