
पूर्णपुष्टि, साउन २५
भोलिसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको महाशाखाले जनाएको हो ।
आज पूर्वको तुलनामा पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने संभावना छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेकाले तटीय क्षेत्र, भिरालो जमिन र निकास नहुने ठाउँका मानिसलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु धेरैजसो ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना छ ।
यस्तै राति प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश २ र वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।
आज र भोलि वर्षा भए पनि पर्सि दिउँसोदेखि भने पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाले जनाएको छ ।
