Thursday, July 2News That Matters

अवको १५ दिन आपूर्ति विभागले अत्यावश्यक सेवामात्रै प्रवाह गर्ने

पूर्णपुष्टि, साउन २५

आजको १५ दिनसम्म वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ ।

काठमाण्डौ उपत्यकामा कोभिड–१९ को जोखिम बढेको भन्दै विभागले आजदेखि केही सेवा अनलाइनबाटै लिन सकिने व्यवस्था गरे कार्यालयमा भीडभाड बढेपछि अत्यावश्यक बाहेकका सेवा केही दिनका लागि स्थगन गरेको हो ।

तत्कालका लागि विभागले नयाँ निजी र साझेदारी फर्म दर्ता, अत्यावश्यक वस्तु आयात गर्नेबाहेक अरु व्यापारमुलक प्रकृति भएका प्राइभेट लिमिटेड (प्रालि)को इजाजतसम्बन्धी सेवा स्थगित गरिएको जनाएको छ ।

यस्तै निजी र साझेदारी फर्म नवीकरण, संशोधन र खारेजी तथा एजेन्सी नवीकरणका काम दैनिक बढीमा २०/२० वटा गरिनेछ । ती सेवा लिन अनिवार्यरूपमा अनलाइन प्रणालीमार्फत निवेदन तथा कागजात पेस गर्नु पर्ने र पेस गरिएको निवेदन स्वीकृत भएपछि मात्र कार्यालयमा सम्पर्क गर्नुपर्ने विभागले निकालेको सूचनामा उल्लेख छ ।

यो अवधिमा बजार अनुगमन, आयातरनिर्यात अनुमति तथा इजाजत र मुद्दासम्बन्धी काम भने नियमित सञ्चालन हुने विभागले जनाएको छ ।

विभागले अत्यावश्यक सेवा लिन आउँदा अनिवार्य मास्क लगाउन र व्यक्तिगत दूरी कायम गर्न पनि सेवाग्राहीसँग आग्रह गरेको छ ।