
पूर्णपुष्टि, फागुन १६ ।
भ्रष्टाचारीलाई कालोमोसो लगाउनुपर्छ भनेर उदयपुरको यित्रुगा नगरपालिकाको कार्यपालिका बैंठकमा १० नं. वडाध्यक्षले प्रशंग उठाएपछि कर्मचारीहरुमा हलचल मच्चिएको छ ।
यसले मानहानी र उच्च मनोबल गिरेको भन्दै पालिकाका ६२ जना कर्मचारीहरुले संयुक्त हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका छन् ।
चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उठाए झै गरेका छन्, यहाँका कर्मचारीहरुले । वडाध्यक्ष किरण पाण्डेका अनुसार जनताले दुःख पाएको गुनासो धेरै आएपछि पालिकामा भ्रष्टाचार, बेथिति, ढिलासुस्ती गर्न हुन्न भन्ने आशयले प्रशंग उठाएका थिए ।
यसरी ज्ञापन पत्र बुझाउने कर्मचारीहरु र ज्ञापन पत्र बुझेर एजेण्डाकै रुपमा आज कार्यपालिका बैंठकमा राख्ने प्रमुख प्रशासकीय अधिकृतको कार्य सम्पादन मुल्यांकन र वित्तिय सुशासन जोखिम मुल्यांकन भने कमजोर छ ।
जिल्लामा उत्कृष्ट देखिएको कटारी नगरपालिकाको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ८३ प्रतिशत अंक आउँदा त्रियुगा मुल्यांकनभित्रै पर्न सकेन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९३ दशमलब २५ अंक ल्याएर जिल्लाभरमा कटारी नै उत्कृष्ट छ । त्यसमा त्रियुगाको निकै कम अंक छ ।
सेवाग्राहीबाट कहिल्यै सकारात्मक प्रतिक्रिया पाउन नसकेका कर्मचारीहरुले भ्रष्टाचारविरुद्ध कुरा राख्दैमा कामम गर्ने मनोबल गिरेको ठान्नु खुलेआम भ्रष्टाचार गर्न पाउनुपर्छ भने सरह भएको छ । सरकारी मुल्यांकन र जनताको अगाडी काम देखाउन कसक्ने कर्मचारीहरुको हुंकार भने ठुलठुला हुने गरेको उदाहरण पनि हो यो । त्यतिमात्र हैन सुशासन कायम नगरेका कारण नगरबासीले विकास बजेट नपाउने भएका छन् । यसमा जिम्मेवार मनाेवल गिर्याे भन्दै ज्ञापन पत्र दिने कर्मचारीहरुमा उत्तिकै छ । नगरबासीले पाउदै गरेकाे विकास बजेट गुमाउने जनप्रतिनीधीले कर्मचारीलाइ अैच्याउन नसकेकाे र कर्मचारीकाे काम कर्तब्य भन्दा माथि हुन् प्रबृत्तीका कारण त्रियुगाकाे याे हविगत कतैबाट छुपेकाे छैन ।
कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतलाइ दिएकाे ज्ञापनपत्र



