
पूर्णपुष्टि, साउन १ गते ।
जिल्ला प्रहरी कार्यालय मोरङले ३ वटा चोरीको मोटरसाईकलसहित चोरीमा संलग्न रहेका ४ जनालाई पक्राउ गरेको छ । विराटनगर–४ का २२ वर्षीय नविन माझी, विराटनगर–८ का २५ वर्षीय मोहमद हजरत, दुहवी नगरपालिका–९ सुनसरीका १८ वर्षीय मोहमद सलाउदिन र ३४ वर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको हो ।
बिभिन्न मितिमा बिराटनगरको नोवेल अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखेको को.६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाईकल, प्रदेश १–०१–०१३ प ४५०७ नम्बरको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी भएको थियो ।
पक्राउ परेका उनीहरुको जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
