
पूर्णपुष्टि, असोज १४
चोरी मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका ३ जना प्रतिबादीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालय (RIT) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर अदालत बुझाएको छ ।
चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०६२ बैशाख २७ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष १० महिना १८ दिन कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उप–महानगरपालिका १५ का ३८ बर्षीय गणेश गौतम र सोही स्थानका ४० बर्षीय गंगा तामाङलाई (RIT) समुहले खोजतलास गर्ने क्रममा गाऊघरमै लुकिछिपी बसेको अबस्थामा गत ११ गते पक्राउ गरि हिजो सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।
यसै गरी चोरी क्यान मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७६ कार्तिक २६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ३ महिना कैद तथा रु. १०,००० जरिवाना भई लगत नं.– ५३९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला मोरङ विराटनगर महानगरपालिका ७ घर भई हाल विराटनगर महानगरपालिका ६ झरना चौक का २४ बर्षीय आकाश साहलाई ११ गते पक्राउ गरेको हो । हिजै सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।
