चोेरीको मोटरसाइकलसहित ३ जना पक्राउ

पूर्णपुष्टि, असोज २३
चोरीको मोटरसाइकलसहित वीरगञ्जबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

असोज २२ गते दिउँसो वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना ४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी भएको थियो । सूचना पाएलगत्तै खटिएको टोलीले खोजतलासको क्रममा चोरी भएको मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको तीनैजना विरुद्ध चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: