Tuesday, April 21News That Matters

चौदण्डिगढीमा कोभिड–१९ अस्पतालको शिलान्यास

पूर्णपुष्टि, जेठ ३० गते ।

चौदण्डिगढी नगरपालिका–६ सातघारेमा २० शैयाको र्आइसोलेसन भएको कोभिड–१९ अस्पतालको शिलान्यास भएको छ । त्रियुगा, चौदण्डिगढी र बेलाका नगरपालिकाका प्रमुखहरुले संयुक्त रुपमा विहिबार अस्पतालको शिलान्यास गरका हुन् ।

तत्कालको लागी २० शैयाको आईसोलेसन वार्ड निर्माण हने छ ।

जिल्लाको ८ वटै स्थानीय तहले १ करोडको कोष स्थापना गरी १ सय शैयाको सुविधा सम्पन्न आईसोलेसन वार्ड निर्माण गर्ने चौदण्डिगढी नगरपापिलकाका मेयर खगेन्द्र राईले बताउनुभयो ।

अहिले यस ठाउँमा सशस्त्र प्रहरी वल वेस क्याम्प व्यवस्थापन गर्नको लागि सौचालयसहित ४ वटा भवनहरु निर्माण भईसकेको छ । उक्त निर्माण भएका भवन मध्ये ३ वटा भवन सशस्त्र प्रहरीले प्रयोग गर्ने छ भने बाँकी १ भवनमा अस्पतालका कर्मचारीहरुको क्वाटरको रुपमा सञ्चालन हुनेपनि मयेर राईले बताउनुभयो । अहिले यस भवनलाई क्वारेन्टाईन बनाईएको छ । सोही भवनमा ११ जनालाई राखिएको छ ।

कर्याक्रममा बोल्दै त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले भन्नुभयो “ मेरो संयोजकत्वमा हामी पालिका प्रमुखहरु बैठक बसेर प्रदेश सरकारसंग अनुरोध गरेका थियौँ ।, सोही अनुसार आज हामीले हाम्रो आफ्नै ठाउँमा अस्पताल निर्माण गर्ने जिम्मेवारी पाएका छौँ । यसलाई चाँडै नै हामी पुरा गरेर हाम्रा नागरिकलाई सेवा सुविधा प्रदान गर्ने छाँै ।”

भौगोलीक दुरीको कारणले गर्दा जिल्लाको पश्चिमी भेगका कटारी नगरपालिका र ताप्लि गाउँपालिका यस कार्यमा सहभागि नहुने जनाईएको छ ।