चौदण्डीका नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुबाट आफ्नो तलब कटाएर मृगौला पिडित निशानलाई सहयोग

पूर्णपुष्टि, पुष ९
चौदण्डी नगरपालिकाका मेयर, उपमेयर तथा कर्मचारीहरुले मृगौला पिडित निशानलाई आफ्नो तलब कटाएर उपचार खर्च सहयोग गरेको छ । चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई, उपमेयर रिता कुमारी चौधरी, प्रशासकीय अधिकृत धुर्वराज आचार्य लगायत कर्मचारी तथा जनप्रतिनिधिले मृगौलाले थलिएको निशानलाई उपचार खर्च सहयोग गरेको हो ।

चौदण्डीगढी नगरपालिकाकाका कर्मचारी तथा जनप्रतिनिधिहरुबाट ३७ हजार भन्दा बढी आर्थिक सहयोग जुटाएर बिराट नर्सिङ अस्पतालमा उपचार सहयोग खर्च पठाएको बिरामी निशानको बुबा जिवन राईले बताए । राईले सहयोगी सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद दिँदै अन्य क्षेत्रहरुबाट पनि थप सहयोगको अपेक्षा गरेको जनाए । उनिहरुले आफ्नो महिनावारी बापतको तलब कटाएर उपचार खर्च सहयोग गरेको जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: