चौदण्डीको माध्यमिक विद्यालयमा अपराध न्युनीकरणका लागि विद्यार्थीहरुबीच सचेतनामूलक कार्यक्रम

पूर्णपुष्टि, पुष २८
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित श्री माध्यमिक विद्यालयमा प्रहरीद्धारा अपराध न्युनीकरणका लागि विद्यार्थीहरुबीच सचेतनामूलक कार्यक्रम गरेको छ । प्रहरीले समाजमा हुने विभिन्न खाले घरेलु हिंसा र अपराधहरु न्यूनीकरणका गर्नका लागि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुबीच सचेत गराउन सहजीकरण स्वरुप कार्यक्रम गरेकोे हो ।
‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत इलाका प्रहरी कार्यालय बेल्टारले आफ्नो क्षेत्रमा पर्ने विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुमा गई लागुऔषध, सुरक्षा सचेतना, प्रबिधिको प्रयोगबाट निम्तीने बिद्युतीय अप राधलगायतको विषयमा सचेतानामूलक कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

शिवाईको श्रीमाविमा पनि सोही कक्षा सञ्चालन भएको हो । ईलाका प्रहरी कार्यालय बेल्टारका निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक यादवराज निरौलाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।
सो कक्षामा अध्ययनरत विद्यार्थीहरु हाल देखिएका विभिन्न खाले अपराधहरुमा संलग्नको सुरुवात हुनसक्ने सम्भावना अधिक रहेको उमेर भएकाले पनि किशोरकिशोरी लक्षित कक्षाहरु सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: