Sunday, June 21News That Matters

चौदण्डीगढीका स्थानीय कृषकलाई फौजी किरा मार्ने उपकरण वितरण

पूणर्पुष्टि, जेष्ठ ३

चौदण्डीगढी नगरपालिका-१ का स्थानीय कृषकलाई फौजी किरा मार्ने उपकरण (स्प्रे ट्यांकी मेशिन) वितरण गरिएको छ । स्थानीय कृषकहरु फौजी किराको आतंकबाट  हैरान भएको बेला विषादी छर्ने उपकरण पाएपछि खुशी भएका छन् ।

नगरपालिकाका १३ वटै वडाका टोलविकास संस्थाहरुलाई दुई-दुई थानको दरले २६ थान स्प्रे मेशिन र विषादीसहित आज  बिहान वडाध्यक्ष रोहितमान तामाङले कार्यालयबाटै वितरण गरेका हुन् ।

वडा सदस्यहरु मानबहादुर तामाङ, मणि कोईराला, वडा स्तरीय कृषि अध्यक्ष मोहन राई, कृषि सचिव देवराज राई, सदस्य देवराज भण्डारी लगायतको उपस्थिीतीमा कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष रोहित तामाङले जानकारी दिनुभयो ।

वडाभरीका प्रत्येक घरधुरीका कृषकहरुको घरसम्म पुर्‍याउन संस्थाका संयोजकहरुलाई जिम्मा लगाएको अध्यक्ष तामाङले बताउनुभयो ।