Sunday, June 14News That Matters

चौदण्डीगढीमा जागिरको लाखी आर्थिक चलखेल भएको भन्दै माओवादी र कांग्रेसको आपत्ति, बिज्ञाप्ती सहित

पूर्णपुष्टि, चैत्र २९ । चौदण्डीगढी नगरपालिकाले करार कर्मचारीका लागि आर्थिक चलखेल गरेको भन्दै माओवादी केन्द्र र नेपाल कांग्रेसले आपत्ति जनाएको छ । करार पदका लागि पैसाको बार्गेनिङ गरेको अडियो सार्वजानिक भएपछि दुवै पार्टीले छुट्टा छुट्टै बिज्ञाप्ती जारी गरी आपत्ति जनाएको हो ।

माओवादी केन्द्र नगर कमिटी अध्यक्ष दिनेश राईको हस्ताक्षर बिज्ञाप्तीमा भनिएको छ, नगर प्रमुख कालुमान लामाको स्वकीय सचिव देव प्रकाश राईको फोन नम्वर बाट जागिर लगाईदिनको लागि एक लाख पचास हजार माग गरिएको अडियो प्रति हाम्रो आपत्ति छ । यसको तत्काल छानविन गरी आर्थिक छलखेलका पात्रहरुलाई कार्वाही गरियोस ।

यता नेपाली काँग्रेसको प्रेस बिज्ञाप्तीमा भनिएको छ, “चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान लामाको स्वकीय सचिव देव प्रकाश राईको फोन नं ९८१५७१४६२४ मार्फत नगरपालिकामा हालै बिज्ञापन गरिएको बिभिन्न बिषयगत पदहरुमा मिति २०७९ चैत्र २९ गते तिन जना आवेदक संग १ लाख ५० हजारको दरले बार्तालाप भएको भन्दै आपत्ति जनाएको उल्लेख गरेको छ । भर्खरै नगरमा करार दरवन्दीमा कार्यरत पुराना कर्मचारीहरुको पार्टीगत स्वार्थले मनोवल गिराउने गरी पून ः नियुक्तिको प्रक्रिया प्रति हाम्रो पार्टी नेपाली कांग्रेस नगर कार्यसमितिको गम्भीर ध्यानाकर्षण छ, बिज्ञाप्तीमा भनिएको छ ।